
जनकपुर, पुस २३ :
राष्ट्रिय सभा निर्वाचनका लागि महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
ठाकुरले बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो ।
राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ । राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबन्डा भएको छ।