बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

कांग्रेस संस्थापन पक्षको भेला जारी, विशेष महाधिवेशनको मागमा सहमतिको खोजी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
कांग्रेस संस्थापन पक्षको भेला जारी, विशेष महाधिवेशनको मागमा सहमतिको खोजी
काठमाडौं, पुस २५ :

नेपाली कांग्रेसको संस्थापन पक्षको भेला काठमाडौंमा जारी रहेको छ। 

भेलामा पार्टीका वरिष्ठ नेता कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाइँ, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, गणेश लामा, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल र मदन कृष्ण श्रेष्ठलगायत नेताहरू सहभागी छन्। यसअघि आज बिहान मात्रै संस्थापन पक्षीय २५ जना केन्द्रीय सदस्यहरूको छुट्टै भेला बसेको थियो।

उक्त भेलामा सहभागी केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। साथै, संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरिएको छ।

छलफलपछि केन्द्रीय सदस्यहरूले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको मागलाई गम्भीरतापूर्वक लिँदै पार्टीभित्र सहमति र एकताको आधारमा समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार