काठमाडौं, पुस २५ :
निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति मार्फत यस्तो आग्रह गरेका हुन् ।
नाम फिर्ता लिन चाहनेलाई आयोगले यही पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ । नाम फिर्ता लिन चाहनेले आयोगमा स्वयम उपस्थित भएर वा वारेस मार्फत समेत निवेदन दिन सक्नेछन् । कतिपय दलमा उम्मेदवार आफैंले नाम फिर्ता लिन चाहेका छन् भने केही दलमा भने सूची रहेकालाई हटाउन दबाब दिइएको छ ।
फागुन २१मा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची पठाएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ