बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

बदलिएको समय अनुसार कांग्रेसलाई बदल्नुपर्छ : महामन्त्री शर्मा

जेनजी आन्दोलनपछिको अवस्थामा नेतृत्व बदलिन चाहेन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ पुस, २०८२ मा प्रकाशित
बदलिएको समय अनुसार कांग्रेसलाई बदल्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौं, पुस २७ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट नविन सोचको खोजी गरिने बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी र देशलाई बलियो बनाउन नयाँ ढंगले जानुपर्ने बताए।

अब नयाँ ढंगले जाने मुडमा रहेको बताउँदै उनले देशलाई शासन मात्रै होइन सुशासन दिने बताए ।कांग्रेसबाट यसको सुरुवात गर्ने बताउँदै उनले भने, ‘देशलाई शासन मात्रै होइन, सुशासन पनि दिन्छौँ।’

बदलिएको समय अनुसार, कांग्रेसलाई बदल्नुपर्छ भन्ने महामन्त्री शर्माको भनाइ थियो । जेनजी आन्दोलनपछिको अवस्थामा नेतृत्व बदलिन नचाहेको हुँदा आफू पनि बदलिन र देशलाई पनि बदल्न लागिपरेको उनले बताए।

महामन्त्री शर्माले जेनजी आन्दोलनमा ध्वंस भएका भवन मात्रै होइन, मनलाई जोड्न पनि विशेष महाधिवेशन आवश्यक भएको बताए । उनले अहिलेसम्म कांग्रेसबाट भएका कमिकमजोरीमा आफ्नो पनि केही हिस्सा रहेको स्वीकार गरे । 

बन्दसत्र भोलि बिहान ८ बजेबाट

काठमाडौंको भृकुटीमण्डपमा भोलि बिहान ८ बजेबाट सुरु हुने बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

महामन्त्री शर्माले दुई उमेर समूहका छुट्टाछुट्टै संख्याको प्रतिनिधित्व रहनेगरी समितिहरू बनाउने प्रस्ताव राख्ने भएका छन् ।स्रोतका अनुसार उनले केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई प्रतिनिधित्व गराउनेगरी ड्राफ्ट तयार पारेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार