बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

बन्द सत्रलाई सम्बोधन गर्न पार्टी सभापतिलाई नेताहरुको आग्रह, जान्छन् त देउवा?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ पुस, २०८२ मा प्रकाशित
बन्द सत्रलाई सम्बोधन गर्न पार्टी सभापतिलाई नेताहरुको आग्रह, जान्छन् त देउवा?
काठमाडौं, पुस २७ :

नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गरी पार्टीलाई एकताबद्ध तुल्याउन पार्टी सभापतिलाई आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान हुने विश्वास गरे । पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले चल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताए । यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उहाँको धारणा छ ।

नेता डा चन्द्र भण्डारीले पार्टीका नेताहरुले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएको माग र मुद्दालाई सम्बोधन गर्नेतर्फ हाम्रा पाइला उन्मुख हुनुपर्ने बताए ।

अर्का नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्ति पर्खेर बसेकाले उनीहरुको मागलाई कांग्रेसले ध्यानपूर्वक सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । 

नेता देवराज चालिसले पार्टीको विशेष अधिवेशन पार्टीको आन्तरिक जीवनसँग मात्र जोडिएको नभई जेनजी आन्दोलन र समग्र मुलुकको रुपान्तरणसँग सरोकार रहेको बताए ।

नेता केदार कार्कीले लोकतन्त्रको फाइदा नेतृत्व वर्गले मात्रै पाएँ जनताको आवाज सुनेनन् भनेर जेनजी पुस्ताले गरेको विद्रोहको भावनालाई लोकतान्त्रिक पार्टी र अनुभवी नेताले सम्बोधन गर्न सक्नुपर्छ भने । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार