बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

मुलुकको परिवर्तन गर्न सक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्री खरेलको आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
मुलुकको परिवर्तन गर्न सक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्री खरेलको आह्वान
फाइल तस्बिर ।
काठमाडौं, पुस २८ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को साधारणसभा उद्घाटन गर्दै मन्त्री खरेलले राजनीतिक दल र नेताको दास, अन्धभक्त र हनुमानको रुपमा प्रस्तुत नभइ निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका हुन् ।

मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न उनले आग्रह गरे । सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रीत भएका कारण देश बन्न नसकेको बताए । उनले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएपछि सहज रुपमा नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे । 

मन्त्री खरेलले पदमा कति समय रहने भन्ने भन्दा पनि पदमा रहेर गरेको कामको महत्व बढि हुने बताए । आफू छोटो समय सरकारमा रहेपनि आफ्नो कर्मलाई प्रभावकारी बनाउन ध्यान दिएको उहाको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार