बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

कांग्रेस विशेष महाधिवेशन लम्बियो, नेतृत्व चयन भोलि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
कांग्रेस विशेष महाधिवेशन लम्बियो, नेतृत्व चयन भोलि
काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन एक दिन लम्बिने भएको छ। दुई महामन्त्रीका प्रतिवेदनमाथि घनिभूत छलफल जारी रहेकाले महाधिवेशन मंगलबारसम्म सञ्चालन हुने विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए।

उनका अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनमाथिको छलफल टुंगिएपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइनेछ। नेतृत्व चयन  मंगलबार नै हुने उनले बताए।

यसअघि विशेष महाधिवेशन २७ र २८ गते दुई दिनका लागि तय गरिएको थियो। भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्रीद्वयका प्रतिवेदनमाथि प्रतिनिधिहरूले धारणा राखिरहेका छन्। बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार