बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

उम्मेदवारी दर्ता साँझ साढे ७ बजेसम्म, मतदान भोलि

दुई महामन्त्रीले सम्बोधन गरेपछि बन्दसत्र सकिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
उम्मेदवारी दर्ता साँझ साढे ७ बजेसम्म, मतदान भोलि
काठमाडौं, पुस २९ :

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ। विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म तोकेको छ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मतदानसहितको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी दिँदै आज राति मतदान नहुने स्पष्ट पारे।

‘साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। अब समय थप हुँदैन। परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ। राति मतदान हुँदैन, भोलि बिहानबाट कार्यक्रमलाई निरन्तरता दिन्छौँ,’ केसीले भने।

यसैबीच विशेष महाधिवेशनको बन्दसत्र करिब ९ घण्टादेखि निरन्तर जारी छ।बन्दसत्रमा पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सम्पूर्ण समय उपस्थित रहेका छन्।

सचिवालयका अनुसार बन्दसत्र अझै करिब दुई घण्टा चल्नेछ । सहभागी प्रतिनिधिहरूबाट आएका सुझावहरूलाई समेटेर दुई महामन्त्रीले सम्बोधन गरेपछि बन्दसत्र सकिने  छ।

गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बाँकी कार्यक्रमहरू बुधबार बिहानबाट अघि बढाइने निर्वाचन समितिले जनाएको छ। यद्यपि सहमतिका लागि संस्थापन पक्षसँग पनि महाधिवेशन प्रतिनिधिहरुको निरन्तर संवाद चलिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार