बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र कर्पोरेट

चाकु बेच्न भ्याइनभ्याइ: टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकु बिक्री

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
चाकु बेच्न भ्याइनभ्याइ: टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकु बिक्री
काठमाडौं, पुस ३० :

टोखाबाट यसवर्ष रु पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ ।

टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन् । १८ उद्योगमध्ये १० उद्योगले चाकू उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन् ।



टोखा नगरपालिका–२ र ३ मा चाकू उत्पादन हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो  । टोखामा उत्पादन भएको चाकू काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्रीका लागि पु¥याउने गरिन्छ । टोखामा उत्पादन हुने चाकूले नेपालको करिब  ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ ।

टोखा परम्परागत चाकू संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकू नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए । टोखामा बर्सेनि रु पाँच लाख किलो चाकू र लड्डु उत्पादन हुँदै आएको छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती हुने ठाउँका रुपमा चिनिन्छ ।

टोखाका उद्योगमा हाल सादा चाकू, मसला चाकू, स्पेशल चाकू, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखा परम्परागत चाकू संरक्षण समाजका अध्यक्ष  बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकू उद्योगले वार्षिक चाकू र उखुबाट बन्ने परिकार बिक्रीबाट करोेडौँ रुपैँया आम्दानी गर्दै आएको बताउनुभयो । टोखामा कृष्ण चाकू उद्योग, काशीलाल चाकू उद्योग र न्हुछे चाकू एण्ड तिरौला उद्योग ठूला उद्योग हुन् ।

कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यस वन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकू बनाईँदै आएको छ । धेरै पहिले समयमा टोखामा उखु उत्पादन हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखुखेती भने मासिएको छ ।

यहाँ उत्पादित सादा चाकूको मूल्य प्रतिकिलो १४०, मसला चाकूको मूल्य प्रतिकिलो १५०, सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०, कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखाको ऐतिहासिक विशेषतालाई जीवन्त राख्न टोखामा चाकू स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए । ‘टोखा नगरपालिका–२ गलेमा चाकू स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ,’ छिट्टै चाकू स्तम्भ निर्माण गछौँ,’ उनले भने । टोखाले चाकूलाई अन्तरराष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने बताएको छ ।

नेवारी संस्कृतिमा माघ १ गते चाकू खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकू खाने चलन छ । चाकू चिसो लागेका बेला पनि खाने चलन छ । चाकू खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकू खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकूबाहेक सख्खर, तरुललगायतका खानेकुरासमेत खाने प्रचलन छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार