
काठमाडौं, माघ २ :
जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार अगाडि धर्ना दिएका छन् । मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै उनीहरुले टाउकोमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । करिब २० जनाजति सहिद परिवारका सदस्य धर्नामा सहभागी छन् ।
यता र उता मन्त्रालय धाइरहनुपरेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको उनीहरुको भनाइ छ । मन्त्रिपरिषद्ले निर्णय गरे पनि अहिलेसम्म भत्ताको रकम निकासा हुने कानुनी प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ ।