बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

प्रधानमन्त्री कार्यालयमा जेन-जी सहिद परिवारको धर्ना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्यालयमा जेन-जी सहिद परिवारको धर्ना
काठमाडौं, माघ २ :

जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार अगाडि धर्ना दिएका छन् ।  मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै  उनीहरुले  टाउकोमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । करिब २० जनाजति सहिद परिवारका सदस्य धर्नामा सहभागी छन् ।

यता र उता मन्त्रालय धाइरहनुपरेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको उनीहरुको भनाइ छ ।  मन्त्रिपरिषद्‌ले निर्णय गरे पनि अहिलेसम्म  भत्ताको रकम निकासा हुने कानुनी प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार