
काठमाडौं, माघ २ :
कांग्रेस विवादबारे निर्णय दिन निर्वाचन आयोग कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित आन्तरिक छलफलमा जुटेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा छन् ।
शेरबहादुर देउवा र गगन थापा पक्षका कांग्रेस प्रतिनिधिसँग आयोगले आजै छलफल गरेको थियो । आयोग आजै निर्णय दिने गरी छलफलमा जुटेको हो ।
कांग्रेसको महाधिवेशनबाट निर्वाचित गगन पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिए लगत्तै देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिइसकेका छन् । कांग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता निर्वाचन आयोगको निर्णयको पर्खाइमा आयोगको कार्यालय अगाडि बसेका छन् ।