
काठमाडौं, माघ ८ :
अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाललाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ ।
सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न उनलाई बोलाइएको ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले बताए ।
नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको भए पनि कसले उजुरी दिएको भन्ने खुलाएको छैन । नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।