काठमाडौं, माघ ९ :
आफ्नो उम्मेदवारी दर्ता खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।
निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको आरोप लगाएका छन् । राष्ट्रपतिबाट माफी मिनाह भए पनि फौजदारी मुद्दा लागेको व्यक्तिको कैदको अभिलेख हुने हुँदा उम्मेदवारी दिन नपाउने भन्दै आयोगले बिहीबार उनको उम्मेदवारी रद्द गरेको थियो ।
उनीसहित ५ जनाविरुद्ध उजुरी परेकोमा चौधरीको मात्र उम्मेदवारी रद्द भएको हो । उनको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ । उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ