काठमाडौं, माघ ९ :

आफ्नो उम्मेदवारी दर्ता खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने र  निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।

निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको आरोप लगाएका छन् । राष्ट्रपतिबाट माफी मिनाह भए पनि फौजदारी मुद्दा लागेको व्यक्तिको कैदको अभिलेख हुने हुँदा उम्मेदवारी दिन नपाउने भन्दै आयोगले बिहीबार उनको उम्मेदवारी रद्द गरेको थियो । 

उनीसहित  ५ जनाविरुद्ध उजुरी परेकोमा चौधरीको मात्र उम्मेदवारी रद्द भएको हो । उनको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ । उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।