काठमाडौं, माघ ११ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल गरेका छन् । देश निर्माणका लागि पार्टीलाई बहुमत आवश्यकता पर्ने भन्दै कार्यकर्तालाई उनले अपिल गरेका हुन् ।
अध्यक्ष ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई क्रियाशील हुन आग्रह गरिएको छ । प्रचार विभाग संयोजक मीनबहादुर शाहीका अनुसार यस्तो पत्र पार्टीका ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाइएको छ । पार्टीको यो अपिल पार्टीका सदस्यहरूका लागि मात्रै होइन आम मतदातालाई पनि गरिएको संयोजक शाहीले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ