बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रेशम चौधरीको रिटमा अन्तरिम आदेश भएन, उम्मेदवार हुन पाएनन्

निर्वाचन आयोगसँग लिखित जवाफ माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ माघ, २०८२ मा प्रकाशित
रेशम चौधरीको रिटमा अन्तरिम आदेश भएन, उम्मेदवार हुन पाएनन्
काठमाडौं, माघ ११ :

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले उम्मेदवारी खारेजविरुद्ध अन्तरिम आदेश जारी नगरेपछि उनी उम्मेदवार हुन नपाउने भएका छन् ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले  निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश गरेको छ। साथै  दुवै पक्षलाई उपस्थित हुनु भनी अदालतले बोलाएको छ । 

कैलाली-१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका उनी  निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेसँगै उनी सर्वोच्च पुगेका थिए । टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यानमुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार