बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

कागेश्वरी मनोहरा–७ मा छड्के अनुगमन, ४ वटा पानी उद्योगद्वारा निर्देशिका उल्लङ्घन

कामै नलाग्ने अवस्थाका जारहरू तत्कालै नष्ट
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ माघ, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा–७ मा छड्के अनुगमन, ४ वटा पानी उद्योगद्वारा निर्देशिका उल्लङ्घन
काठमाडौं, माघ १३ :

कागेश्वरी मनोहरा नगरपालिकाले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै  वडा नम्बर ७ मा छड्के अनुगमन गरेको छ। मंगलबार केही मासु पसल तथा चारवटा पानी उद्योगको अनुगमन गरिएको छ।

नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीद्वारा गरिएको अनुगमनमा अधिकांश खाद्य सामग्री उत्पादन तथा बिक्री केन्द्रको अवस्था सन्तोषजनक भेटिएको जनाइएको छ। मासु पसलहरूमा भने खाद्य मापदण्ड सामान्य रहेको अनुगमन टोलीको निष्कर्ष छ।

तर, पानी उद्योगतर्फ भने प्रशोधित खानेपानी निर्देशिका उल्लंघन भएको पाइएको छ। निरीक्षणका क्रममा पुराना तथा प्रयोगका लागि अयोग्य जार प्रयोग गरिएको, सरसफाइमा लापरवाही गरिएको जस्ता समस्या भेटिएपछि अनुगमन टोलीले तत्काल अयोग्य जारहरू डिस्पोज गराएको छ। साथै उद्योग सञ्चालकहरूलाई आवश्यक सुधार नगरेमा कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

वडा नम्बर ७ का वडा अध्यक्ष भक्त थापाले खाद्य सामग्रीको बिक्री तथा उपभोगमा नागरिक स्वयं सजग र जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार