शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
खेलकुद क्रिकेट

आइसिसी महिला ग्लोबल छनोट : स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ माघ, २०८२ मा प्रकाशित
आइसिसी महिला ग्लोबल छनोट : स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
काठमाडौं, माघ १४ :

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज  भएको खेलमा स्कटल्यान्डले आयरल्यान्डमाथि जित निकालेको छ । आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपरसिक्स चरणको पहिलो खेलमा स्कटल्यान्डले जित निकालेको हो ।

आयरल्यान्डमाथि ३९ रनको जित हात पार्दै स्कटल्यान्डले खेल आफ्नो हातमा पारेको हो । सुरुमा टस हारेर फिल्डिङको निम्तो पाएको स्कटल्यान्डले पाँच विकेटको क्षतिमा १६० रन बनाएको थियोे । स्कटल्यान्डकी सारा ब्राइसले ४७ रन जोडिन् भने क्याथरिन ब्राइसले २३ बलमा ३० रनको योगदान दिएकी हुन् ।

जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाउन सक्यो । आयरल्यान्डलाई लक्ष्य भेट्टाउनबाट रोक्ने क्रममा स्कटल्यान्डकी क्याथरिनले चार विकेट लिएकी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार