बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘सेलुलाइटिस’ भएका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ माघ, २०८२ मा प्रकाशित
‘सेलुलाइटिस’ भएका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
काठमाडौं, माघ १५ :

स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने बिहीबार अस्पतालबाट डिस्चार्ज भएको बताए ।

अस्पतालमा भेटघाट गर्नेको संख्या बढ्न थालेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेको अस्पतालका प्रवक्ता सेढाईंले बताए । गत माघ ५ गते पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरमा पुगेका बेला स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो । 

औषधि सेवन गर्दा पनि चोट निको नभएपछि उनी उपचार गराउन अस्पताल पुगेका थिए । परीक्षणको क्रममा लामिछानेलाई सेलुलाइटिस भएको चिकित्सकले पत्ता लगाएका थिए । यसको समयमै उपचार नगराए ज्यानै खतरामा पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार