शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
खेलकुद क्रिकेट

महिला टी-२० विश्वकप ग्लोबल छनोट- आयरल्यान्डसँग थाइल्यान्ड पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ माघ, २०८२ मा प्रकाशित
महिला टी-२० विश्वकप ग्लोबल छनोट- आयरल्यान्डसँग थाइल्यान्ड पराजित
काठमाडौं, माघ १८ :

आईसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपर सिक्स चरणको खेलमा आयरल्यान्डले  थाइल्यान्डमाथि ६२ रनको  जित हासिल गर्दै छनोट प्रतियोगिता टुङ्ग्याएको छ ।    

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ  विकेट गुमाउँदै १२१ रनको मध्यम योगफल बनाएको थियो । त्यसमा गाबी लेउसले २५ तथा एमी हन्टर र ओर्ला पेन्डरगस्टले २४÷२४ रनको योगदान गरेका थिए ।

प्रति ओभर करिब छ को आवश्यक रन रेटसहित ब्याटिङमा  उत्रिएको थाइल्यान्डले छ दशमलव एक ओभरमा सबै  विकेट गुमाएर मात्र ५९ रन बटुल्न सक्यो । कप्तान नारुमोल चाइवाइले २२ रन र नान्नपत कोन्चारनले १५ बनाउनु बाहेक कुनै पनि थाइ ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने चार जना ब्याटर शून्यमा आउट भए ।  

थाइल्यान्डलाई सस्तैमा समेटन आयरल्यान्डकी आर्लेन केलीले चार र लारा म्याक ब्राइडले तीन विकेट लिइन । आयरल्यान्ड  आजको खेलअघि नै विश्व कपमा छनोट भइसकेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार