बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रास्वपाले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ माघ, २०८२ मा प्रकाशित
रास्वपाले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं, माघ १८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।

पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक गर्नेगरी तयारी भइरहेको उनले बताए ।

उनले पाँच बर्षमा महत्वपूर्ण पाँच क्षेत्रमा काम गर्नेगरी घोषणापत्र जारी हुने उल्लेख गरे । जसमा जेनजीका एजेण्डालाई समेट्ने र सुशासनको विषय मुख्य मुद्दा हुने उनको भनाइ छ ।

अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरु गर्ने र त्यसका लागि नितिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखिन् । त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार