बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छु’

निर्वाचन आचारसंहिताका कारण धेरै काम गर्न सक्ने अवस्था छैन : स्वास्थ्यमन्त्री गौतम
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ माघ, २०८२ मा प्रकाशित
‘मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छु’
फाइल तस्बिर ।
काठमाडौं, माघ २१ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताएकी छन् ।

बुधवार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले मानसिक रोगका विरामीहरुलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रश्ताव अस्पतालले गरेको र त्यसलाई आफूले अघि बढाउन चाहेको पनि स्पष्ट पारिन् । त्यस अवसरमा उनले निर्वाचन आचारसंहिताका  कारण आफूले धेरै काम गर्न सक्ने अवस्था नरहेको पनि बताइन् ।

मन्त्री गौतमले नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएकाले यसको उपचारका लागि उचित व्यवस्था गर्न अब आउने सरकारले विशेष ध्यान दिन आवश्यक रहेको समेत बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार