बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार

क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीसाधनलाई कारबाही गर्न माग

भारबहन क्षमतामा एकरुपता कायम गर्नुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ माघ, २०८२ मा प्रकाशित
क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीसाधनलाई कारबाही गर्न माग
काठमाडौं, माघ २६ :

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढि ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । सोमबार यातायात व्यवस्था बिभागमा ज्ञापन पत्र बुझाउदै महासंघले केही ढुवानी सञ्चालन गर्ने सवारीसाधनले भारबहन क्षमता अत्याधिक कायम गरी सञ्चालन गर्दै आएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

मालबहाक सवारी साधन सिनो कम्पनीको ट्रकलाई भारबहन नियमन सम्बन्धी निर्देशिका विपरीत बढी क्षमता कायम गर्ने काम सरकारी निकायबाटै भएकाले गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । राज्यको निर्देशिका बमोजिम सञ्चालन भइरहेका सवारी साधनलाई विस्थापित हुने गरी सिनो कम्पनीको ट्रकलाई कायम गरिएको बढी भारबहन क्षमताको स्वीकृति तत्काल खारेज गर्न माग गर्दै बिभागमा ध्यानाकर्षण गराइएको महासंघका सदस्य गोकर्ण पराजुलीले जानकारी दिए । उनले सबै प्रकारका मालबहाक सवारी साधनको भारबहन क्षमतामा एकरुपता कायम गर्नुपर्ने बताए ।

त्यस्तै महासंघले देशभर तौलपुललाई डिजिटल बनाउनुपर्ने र क्षमताभन्दा बढि भारबहन गर्ने सवारीसाधानलाई कारबाही गर्नुपर्ने माग गरेको उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार