बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार खेलकुद फुटबल

बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ फागुन, २०८२ मा प्रकाशित
बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई
धरान, फागुन २ :

छब्बिसौँँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ । धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफको ६३औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी प्रतापसिंह राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा राईले गरेको गोल खेलको निर्णायक बन्यो ।

प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड लगातार दोस्रोपटक उपविजेता बनेको हो भने पहिलोपटक सहभागिता जनाएको प्लानिङ ब्वाइज युनाइटेड भने बुढासुब्बा गोल्डकपको विजेता बन्न सफल भएको छ । उपाधिसँगै प्लानिङ ब्वाइजले रु १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले रु पाँच लाख प्राप्त गरेको छ । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका पूजन थापा घोषित भए । थापालाई रु १० हजार प्रदान गरियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित हुँदै एक थान स्कुटर प्राप्त गरे । उत्कृष्ट गोलरक्षक प्लानिङ ब्वाइजका योगेश धिमाल तथा उत्कृष्ट डिफेन्डर निङ्मा घिसिङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की तथा उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका अभियोमी घोष भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाइजका प्रतापसिंह राई, झापा–११ का एरोन थापा र राजेश दाहाल घोषित हुँदै जनही रु १२ हजार पुरस्कार पाए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार