धनुषा, फागुन ६ :

नेपाली कांग्रेसका उपसभापति विश्ववप्रकाश शर्माले पुरानै ढंगले चलेर नयाँ देश बनाउन नसकिने बताएका छन्। बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेस बदलिएको सन्देश दिन मधेस आएको जिकिर गरे।

फागुन २१ गतेको चुनावलाई मात्रै सोचेर नहुने भन्दै देशलाई सम्हाल्न कांग्रेस बदलिएर आएको बताए। ‘अहिले देशलाई दुखिरहेको छ, मधेसलाई दुखिरहेको छ,’ शर्माले भने, ‘कसलाई जिताउने भन्ने होइन, देशलाई कसले जोगाउने भन्ने हो। कसले सम्हाल्ने भन्ने हो।’ जेनजी आन्दोलनपछि कांग्रेस मात्रै बदलिएको उनले जिकिर गरे। आफू बदलिन सक्नले मात्रै अरुलाई बदल्न सक्छ, ’ उनले भने।