
मुस्ताङ, फागुन ८ :
प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकी छन् । मौसमका कारण फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन हिमाली बस्तीमा प्रभावित हुन सक्ने चर्चा चलिरहँदा प्रधानमन्त्री कार्की सेनाको हेलिकोप्टरबाट मुस्ताङको हिमाली बस्तीको अवलोकन गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले मुस्ताङका सरकारी अधिकारीहरूसँग पनि चुनावका लागि भइरहेको तयारबारी जानकारी लिनुका साथै स्थानीय बासिन्दासँग समेत अन्तरक्रिया गरेकी छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ मा एकै दिन एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले मुक्तिनाथको समेत दर्शन गरिन् । त्यहाँ दर्शनार्थीहरुले प्रधानमन्त्री कार्कीसँग भलाकुसारी गर्नुकासाथै सामूहिक तस्बिर खिचाएका थिए ।