
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गरेका छन् । शुक्रबार सहरी विकास मन्त्री प्रा.डा कुमार इङ्नामसहितको टोलीसहित राष्ट्रियसभा अध्यक्ष दाहालले निर्माणाधीन नयाँ संसद भवनको निरिक्षण गरेका हुन् ।
सो क्रममा अध्यक्ष दाहालले अझै पनि सोचेजस्तो गरी संसद् भवनको निर्माणले गति लिन नसकेको बताए । संसद चलाउने दिन नजकिदै जाँदा नयाँ संसद भवन निर्माणलाई तीव्रता दिनुपर्ने र छिटो सम्पन्न गर्न आफूले पनि पटक पटक निर्देशन दिएको उनले स्मरण गरे ।
अध्यक्ष दाहालले निर्वाचनपछि प्रतिनिधिसभा बैठक चल्ने दिनसम्म नयाँ संसद भवनको निर्माण पूरा भइ हस्तान्तरण हुने विश्वास व्यक्त गरे । सबै संरचना पूर्णरुपमा बन्न नसकेपनि प्रतिनिधिसभा चलाउनसक्ने गरी भएपनि केही संरचना निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।