बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
राजनीति

चुनाव अवधिभर उम्मेदवारहरूलाई ‘रुफ टप’गाडी प्रयोगमा रोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ फागुन, २०८२ मा प्रकाशित
चुनाव अवधिभर उम्मेदवारहरूलाई ‘रुफ टप’गाडी प्रयोगमा रोक
काठमाडौं, फागुन ८ :

गृह मन्त्रालयले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाएको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै मन्त्रालयले चुनाव अवधिभरका लागि  यो निर्णय लागु गरेको हो ।

त्यस्तो गाडीको प्रयोग सुरक्षा दृष्टिकोणले चुनौतीपूर्ण हुनसक्ने निष्कर्ष निकाल्दै सुरक्षा निकायले सुरक्षा समिति बैठकमा गरेको थियो । ‘रुट टप गाडी’मा उभिएर प्रचार गर्दा उम्मेदवारलाई नै जोखिम हुन सक्ने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

२१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह, सभापति रवि लामिछानेसहितका नेताहरूले यस्ता सवारीसाधन प्रयोग गरिरहेका छन् । गाडीमा उभिदा सम्बन्धित व्यक्ति स्पष्टसँग देखिने हुँदा कसैले गलत नियत राखे टार्गेट बनाउन सजिलो हुन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार