काठमाडौं, फागुन १० :

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा भण्डारीले  तोकिएकै मितिमा निर्वाचन हुने भन्दै कुनै आशंकामा नरहन आग्रह गरेका छन् । उनले भने, ‘अब कसैले पनि निर्वाचन बिथोल्न नसक्ने र निर्वाचन बिथोल्ने गतिविधिमा संलग्नलाई सरकारले निगरानी गरिरहेको छ ।’

उनले केही कुण्ठित उदेश्य बोकेका व्यक्तिहरूले जनतामा भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको भए पनि त्यो सफल नहुने बताए ।  विशेष परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै निर्वाचनको विकल्प नभएको उनको भनाइ थियो।