काठमाण्डौँ , असोज १६ :

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । 

 हाल कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी  प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू- भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती कोशी प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।