नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेशनल युथ फोर्स गठन नभएको कारण जेनजी आन्दोलनमा देशका सर्वोच्च संस्थाहरू जलेको बताएका छन् ।
सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि देशका सर्वोच्च संरचना जल्न नदिने दाबी गरे ।
एमालेको जनवर्गीय संगठनको रुपमा रहेको यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्ने बताए । उनले भने,‘ यो चुनावका लागि गठन गरिएको फोर्स होइन, सधैंका लागि हो ।’
‘देश जल्यो । जल्दो रहेछ ।अब कहीँ केही जल्न पाउँदैन,’ ओलीले भने । शान्ति सुरक्षामा रखबारी गर्नका लागि युथ फोर्स बनाएको ओलीको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।