बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश कोसी प्रदेश

नेसनल युथ फोर्सले अब देशका सर्वोच्च संरचना जल्न दिने छैन : ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ फागुन, २०८२ मा प्रकाशित
नेसनल युथ फोर्सले अब देशका सर्वोच्च संरचना जल्न दिने छैन : ओली
झापा, फागुन ११ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेशनल युथ फोर्स गठन नभएको कारण जेनजी आन्दोलनमा  देशका सर्वोच्च संस्थाहरू जलेको बताएका छन् ।

सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि देशका सर्वोच्च संरचना जल्न नदिने दाबी गरे । 

एमालेको जनवर्गीय संगठनको रुपमा रहेको यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्ने बताए । उनले भने,‘ यो चुनावका लागि गठन गरिएको फोर्स होइन, सधैंका लागि हो ।’

‘देश जल्यो । जल्दो रहेछ ।अब कहीँ केही जल्न पाउँदैन,’ ओलीले भने । शान्ति सुरक्षामा रखबारी गर्नका लागि युथ फोर्स बनाएको ओलीको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार