पर्सा, फागुन १८ :

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातिदेखि ७२ घण्टाका लागि पूर्ण रूपमा सीमा नाका बन्द हुने भएको छ । इन्धन, औषधि, अस्पतालजन्य सामग्री, हरियो तरकारी तथा फलफूलजस्ता अत्यावश्यक वस्तुबाहेक अन्य सबै सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाइनेछ ।

वीरगन्ज भन्सार कार्यालय पर्सीले सूचना जारी गरी निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त अवधिभर नेपाल–भारत आवागमन रोक लगाएको जनाइएको छ ।

यसैगरी, वीरगन्ज भन्सार कार्यालयले बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म ३६ घण्टाका लागि भन्सार सेवा समेत पूर्ण रूपमा ठप्प रहने जनाएको छ ।  दुई दिन सम्पूर्ण भन्सार कार्य रोकिँदा करिब १२० करोड राजस्व संकलन प्रभावित हुने बताए ।