बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र बोक्न नबिर्सिनु होला

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ फागुन, २०८२ मा प्रकाशित
मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र बोक्न नबिर्सिनु होला
फाइल तस्बिर ।
काठमाडौं, फागुन १९ :

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।

आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार