
तस्बिर साभार कान्तिपुर ।
दाङ, फागुन २१ :
दाङका ३ वटा मतदान केन्द्रमा अहिलेसम्म कुनै मतदान भएको छैन । बबई गाउँ पालिकाको वडा नम्बर १ को मतदान केन्द्र, वडा नम्बर ७ को मलैखोला मतदान केन्द्र र दंगीशरण गाउँ पालिकाको वडा नम्बर १ को कौवाघारी मतदान केन्द्रमा अहिलेसम्म कुनै मतदान नभएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र वकरले जानकारी दिए ।
आफूहरुको माग सुनुवाइ नभएको भन्दै शून्य मतदान गराउने सामूहिक निर्णयअनुसार मतदानमा सहभागी नभएको बबई गाउँपालिका-७ का वडा सदस्य चन्द्रबहादुर राङुमगरले बताए । स्थानीय बासिन्दाले जंगली जनावरको आतंकका कारण आफूहरुको बस्ती स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन् ।