काठमाडौं, फागुन २१ :
काठमाडौंमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ । ३ सय २० मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइहेको जनाइएको छ ।
७ लाख १० हजार ७ सय ८ मत रहेको काठमाडौंमा दिउँसो १ बजेसम्म २ लाख ८८ हजार ६ सय ५९ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ बजेदेखि सुरु मतदान शान्तिपूर्वक भइरहेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा १० निर्वाचन रहेको छ ।