
दोलखा, फागुन २१ :
दोलखाको कालिञ्चोक गाउँपालिका-८ कालिनाग मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको छ । सहकारीको परिचयपत्रले मतदान गर्न खोजेपछि त्यहाँ विवाद उत्पन्न भएको हो ।
मतदान अधिकृतले सहकारी परिचयपत्रले मत खसाल्न नदिएको स्थानीयको भनाइ छ । मतदानलाई पुन: सञ्चालन गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।