सिरहा, फागुन २१ :

सिरहामा दिउँसो साढे ३ बजेसम्ममा ६२ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो साढे ३ बजेसम्म ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

चार निर्वाचन क्षेत्र रहेको सिरहामा मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् । त्यहाँ कुल ४ लाख ५३ हजार ६४५ मतदाता छन् । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।