भक्तपुर, फागुन २१ :

भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना राति ११ बजेबाट सुरु गरिने भएको छ । 

मतपेटिका सबै गणनास्थलमा जम्मा पारिएकाले सर्वदलीय बैठक बसेर सुरु गरिने  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ। 

आज भएको मतदानमा कुनै विवाद नभएको र शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ ।