काठकाडौं, फागुन २२ :

समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।  १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत प्राप्त गरेको छ ।

यस्तै नेपाली कांग्रेसले तीन हजार ६६४ मत प्राप्त गरेको छ । एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी(राप्रपा) तेस्रो स्थानमा छ । 

एमालेले एक हजार १५२ मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) श्रम शक्ति पार्टीभन्दा पछि परेको छ ।