काठमाण्डौँ , असोज १७ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा रहेको छ ।

स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ।