बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

जेन-जी आन्दोलन जाँचबुझ आयोगले भोलि प्रतिवेदन बुझाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
जेन-जी आन्दोलन जाँचबुझ आयोगले भोलि प्रतिवेदन बुझाउने
काठमाडौं, फागुन २३ :

जेन-जी आन्दोलनमा भएको दमन र विध्वंसबारे जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की आयोगले भोलि आइतबार सरकारलाई  प्रतिवेदन बुझाउने भएको छ । आयोगका एक पदाधिकारीले  भने, 'प्रतिवेदन लेखनका सकिए पनि रुजु गर्ने काम गरिरहेका छौं, आजै सबै सकेर बुझाउने तयारी हुन्छ ।

जाँचबुझ आयोगका एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीसँग समयका लागि कुराकानी भइरहेको छ । सरकारले असोज ५ गते ३ महिनाको म्याद दिएर विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा आयोग गठन  गरेको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य छन् ।

आयोगले २१ फागुनको निर्वाचनअघि नै प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, निर्वाचनमा जोखिम हुनसक्ने आँकलन गरेर सरकारले म्याद थप गरेको थियो । पछिल्लोपटक थपिएको समय आइतबार सकिँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार