बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति बागमती प्रदेश

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ फागुन, २०८२ मा प्रकाशित
एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण
भक्तपुर, फागुन २९ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो । पितालाई श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका थिए ।

अस्पताल प्राङ्गणमा नेकपा (एमाले) का सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायत केन्द्रीय नेता तथा स्थानीय नेता कार्यकर्ताले मोहनप्रसादलाई श्रद्धाञ्जली दिए । अस्पतालका कार्यकारी निर्देशक डा डि के रौशनका अनुसार मोहनप्रसादलाई आज बिहान करिब ४ बजे उपचारका लागि अस्पताल ल्याइएको थियो । विगत छ महिनादेखि उनको यही अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो । 

दिवङ्गत मोहनप्रसादको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने एमाले सचिव बस्नेतले जानकारी दिए । ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार