
काठमाडौं, फागुन २९ :
नेपाली कम्युनिस्ट पार्टीले जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको छ । साथै उसले संसद् र सरकारका कामकारबाहीलाई गम्भीरताका साथ ध्यान दिने समेत जनाएको छ।
संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले पार्टी अन्तर निर्देशन जारी गर्दै निर्वाचनले लोकतन्त्रलाई फेरि लिकमा ल्याउने स्थिति बनाएको जनाएका छन्। नेकपाले पार्टीको विचार, नीति, कार्यक्रम र चुनाव चिह्नसमेत जनतामा स्थापित गर्न नसकेको स्वीकार गरेको छ ।