
काठमाडौं, चैत १ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक अहिले जारी रहेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट सहभागी भएका छन्। स्वास्थ्य अवस्थाका कारण लामिछाने प्रत्यक्ष रूपमा उपस्थित हुन नसकेको सचिवालयले जनाएको छ।
आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ।
यसैबीच रास्वपाका प्रवक्ता मनिष झाले सरकार बनाउन १० दिन जति लाग्न सक्ने बताएका छन्। बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकार बनाउन १० दिन जति लाग्न सक्ने अनुमान गरे। फागुन २१ गते भएको निर्वाचनबाट लगभग दुईतिहाई मत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार बन्दैछ।