बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
समाचार

इनिसा विक ह*त्या प्रकरणका दोषीलाई कारबाहीको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ चैत, २०८२ मा प्रकाशित
इनिसा विक ह*त्या प्रकरणका दोषीलाई कारबाहीको माग
काठमाडौं, चैत ३ :

इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीले काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेको छ ।

इनिसा विकको न्यायलका लागि भन्दै संयुक्त नागरिक पार्टी विद्यार्थी तथा महिला विभागले मंगलबार माइतीघरमा खबरदारीसहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले इनिशाको हत्यारालाई कारबाही गर, बलात्कारको अन्त्य गर, सुरक्षित समाज निर्माण गर, बलात्कारीलाई फाँसीको सजाय हुने कानुन बनाइयोस् लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन नरोकिने जनाएका छन् ।  सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार