ललितपुर, चैत ४ :

नेपाली कांग्रेसले चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज सूचना जारी गर्दै चैत ६ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए ।

सूचनामा भनिएको छ, ' नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत ६ गते शुक्रबार दिनको १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन,  ललितपुरमा बस्ने भएको छ । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।' प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।