बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सञ्चालन गर्नेछन् प्रतिनिधिसभाको पहिलो बैठक

पहिलो बैठकले सभामुख चयन कार्यतालिका तय गर्नेछ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ चैत, २०८२ मा प्रकाशित
जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सञ्चालन गर्नेछन् प्रतिनिधिसभाको पहिलो बैठक
काठमाडौं, चैत ४ :

जेष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने भएका छन् । सभामुख चयन नभएसम्म ७८ वर्षीय केसीले बैठक सञ्चालन गर्ने र पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ। संसद् सचिवालयले आन्तरिक तयारी अगाडि बढाएको छ ।

निर्वाचन आयोगले बिहीबार समानुपातिक तर्फबाट निर्वाचिन सांसदहरूलाई प्रमाणपत्र दिँदैछ भने सोही दिन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ । । दलले पाएको मतका आधारमा निर्वाचित ११० जनाले बिहीबार विजयी भएको प्रमाणपत्र पाउने छन् ।

निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको मान्यता पाएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल हुँदा कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।

यस्तै श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दल हुँदा राप्रपा ५ सिटसहित छैठौं दलको रुपमा रहेको छ। एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकालिनेछ । स्रोतका अनुसार १२ गते शपथ गराउने तयारी छ ।  जेष्ठ सदस्यले  राष्ट्रपतिसँग शपथ लिएपछि 
नवनिर्वाचित सांसदहरूलाई उनले नै शपथ गराउनेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार