
काठमाडौं, चैत ५ :
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठ र वासु खड्काले दायर गरेको रिटको पहिलो पेसी चैत २५ मा तोकिएको छ ।
चैत १ मा बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तिमा एक महिलासहित तीनजना नियुक्त हुने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पनि राष्ट्रिय सभा सदस्य सिफारिस भएका गृहमन्त्री अर्यालको नाम ‘होल्ड’ मा राखेका छन् ।