काठमाडौं, चैत ६ :

इरानले होर्मुज क्षेत्रबाट एक  नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज  पत्रकार सम्मेलन गरी पक्राउको जानकारी दिएको हो।
पक्राउ परेका व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।   उनी अमृत झा नाम गरेका व्यक्ति भन्ने बुझिएको  छ ।

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् । इरानले हर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिने क्रममा उनी पनि परेका हुन् ।

यसैबीच, सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका-इरानबीच जारी युद्धको फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले ७ जना नेपालीलाई पक्राउ गरेको हो ।
जसअनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन् । परराष्ट्र मन्त्रालयले फोटो, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ । यूएईमा त्यसरी पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै दोषी ठहरिएको खण्डमा एक वर्षसम्म कैद र जरिबाना तिर्नुपर्ने छ