ललितपुर, चैत १० :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केहीबेर अघिबाट सुरु भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा १५औं महाधिवेशन तयारीको तयारी लगायत विभिन्न पाँच एजेन्डामाथि छलफल हुँदैछ ।  

सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएका छन् । यसअघि गत शुक्रबारबाट सुरु भएको बैठकमा उनी अनुपस्थित थिए । पार्टीले बेहोरेको पराजयपछि थापाले दिएको राजीनामा अस्वीकृत भएपछि उनले फेरि कार्यसमिति बैठक बोलाएका हुन्।