बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कांग्रेसको १५ औं महाधिवेशन असोज १६ गते काठमाडौंमा गर्ने निर्णय

भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ चैत, २०८२ मा प्रकाशित
कांग्रेसको १५ औं महाधिवेशन असोज १६ गते काठमाडौंमा गर्ने निर्णय
ललितपुर, चैत ११ :

नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो । 

यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो । महाधिवेशन अन्तर्गत भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । 
बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागि वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।त्यस्तै बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय समेत गरेको प्रवक्ता चालिसेले जानकारी दिए । 

त्यस्तै नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने भन्दै प्रवक्ता चालिसेले सुशासन र प्रगतिको तर्फमा सरकारको सफलता मिलोस भन्ने शुभकामना व्यक्त गरिएको बताए । बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिल बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति बनाइएको उनले जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार